बार्सिलोना र युभेन्ट्सको बराबरी

हिमालय टाइम्स
Read Time = 3 mins

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि-सिजनको खेलमा बराबरी खेलेका छन् । बार्सिलोनाले खेलमा दुईपटक अग्रता लिए पनि युभेन्ट्स खेलमा फर्कंदै २-२ को बराबरी गर्न सफल रहृयो । बार्सिलोनाका लागि दुवै गोल ओस्मान डेम्बेलेले गर्नुभयो । युभेन्ट्सका लागि दुवै गोल मोइस किनले फर्काउनुभयो । खेलको ३४औँ मिनेटमा डेम्बेलेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो ।

मोइस किनले ३९औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । उहाँले जुआन कुआड्राडोको क्रसमा गोल गर्नुभएको थियो । डेम्बेलेले एक मिनेटमा नै गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । खेलको ५२औँ मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै फेरि खेल बराबरीमा ल्याउनुभयो ।

यस्तै अर्को खेलमा ब्राजिल कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ । पाराग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिल लगातार नवौँ सिजन फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले एक/एक गोल गर्नुभयो ।

खेलको १६औँ मिनेटमा एरी बोर्गेसको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । २८औँ मिनेटमा वियट्रिज जेनराटो जोआओले एन्टोनियाको पासमा दोस्रो गोल गर्नुभएको हो । त्यसपछि खेलमा थप गोल हुन सकेन । अब ब्राजिलले उपाधिका लागि घरेलु टोली कोलम्बियासँग साउन १४ गते राती प्रतिस्पर्धा गर्नेछ । दुईपटक फाइनलमा पुगेको कोलम्बियाले एकपटकको च्याम्पियन अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल ३० जुलाईमा हुनेछ ।

सन् १९९१ देखि ब्राजिलबाट सुरु भएको कोपा अमेरिका फेमेनिनाको नवौँ संस्करण जारी रहँदा ब्राजिलले सर्वाधिक सातपटक उपाधि जितेको छ । ब्राजिल २००६ मा अर्जेन्टिनासँग २-० ले पराजित हुँदै पहिलोपटक उपाधिबाट विमुख बनेको थियो । त्यसअघिका चार संस्करण र त्यसयताका सबै तीन संस्करणमा ब्राजिल च्याम्पियन बनेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?