काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान आसिफ शेखको एकदिवसीयको ब्याटिङ वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा आसिफको वरीयता दुई स्थान सुधार भएको हो ।
विकेटकिपर ब्याट्सम्यान आसिफ नयाँ वरीयताको ९८औँ स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ १००औँ स्थानमा रहनुभएको थियो । ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८१औँ स्थानमा यथावत् रहनुभएको छ ।
एकदिवसीयको बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३४औँ स्थानमा यथावत् रहनुभएको छ । बलिङमै सोमपाल कामी ९०औँ र करण केसी ९२औँ स्थानमा झर्नुभएको छ । टी-ट्वान्टी वरीयताको ब्याटिङतर्फ कुशल भुर्तेल ३९औँ र दीपेन्द्रसिंह ऐरी ४१औँ स्थानमा यथावत् हुनुहुन्छ । आसिफ शेख पनि ९५औँ स्थानमा यथावत् रहनुभएको छ ।
टी-ट्वान्टीको बलिङतर्फ सन्दीप ३९औँ स्थानमा यथावत् रहँदा अविनाश बोहरा ८९औँ स्थानमा यथावत् हुनुहुन्छ । अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी ९औँ स्थानमा यथावत् रहनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका