मलाई असफल हुने छुट छैन : भुवन केसी

Read Time = 1 min

काठमाडौं । बुधबार चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेसँगै आफूलाई असफल हुने छुट नभएको बताउनुभएको छ । १० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिनुभयो । त्यसैले पनि उहाँले आफूलाई असफल हुने छुट नरहेको बताउनुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेसँगै बुधबार बिहान १० बजे बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । स्वस्तिक वाचन गर्दै वास्तु अनुसार उहाँले पदभार ग्रहण गर्नुभयो ।

कार्यालयका कर्मचारीले उहाँलाई फूल माला र खादा लगाएर स्वागत गर्नुभएको थियो । पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उहाँले आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?