काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभएको छ । बुधबार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारको स्वामित्वमा सञ्चालन भई नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिन अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याइने बताउनुभयो ।
सरकारले राष्ट्रिय उत्पादन बढाउन भएका उद्योगको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको उहाँको भनाइ छ । मन्त्री बडूले पुराना उद्योग पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने, सरकारको स्वामित्वका रुग्ण उद्योग निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भए पनि सञ्चालनमा ल्याइने बताउनुभयो ।
सरकारको स्वामित्वमा रहेका विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो उद्योग, गोरखकाली रबर उद्योग बन्द रहेका छन् । मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापारघाटा कम गर्न, आयात प्रतिस्थापन गर्न बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । मन्त्री बडूले भन्नुभयो, ‘सरकारले प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम र बजेट पास गरेको छ । सरकारले राष्ट्रिय उत्पादन बढाउन भएका उद्योगको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने योजना छन् । स्वदेशी र विदेशी लगानीकर्ता नयाँ उद्योग खोल्न आकर्षित गर्न धेरै नीति तथा कार्यक्रम बनाएका छौँ । पुराना उद्योग पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र बन्द रहेका रुग्ण भएका सरकारी स्वामित्वका उद्योग चलाउने नीति सरकारको छ । त्यसमा जनकपुर चुरोट कारखाना पनि सरकारले चलाएर निकै नाम कमाएको उद्योग हो । उद्योग चलाउँदा पुराना मेसिन कति उपयोगमा आउन सक्छन् । सरकारले अध्ययन गर्नुपर्छ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका