टोस्ट मास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम

Read Time = 3 mins

काठमाडौं । टोस्ट मास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलोपटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ । साउन ६ देखि आयोजना भएको तीनदिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरको सहभागिता थियो ।

कार्यक्रममा डिस्ट्रिक्ट ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्वहरूले तालिम प्रदान गर्नुभएको थियो । अमेरिकामा सन् १९२४ देखि सुरु भएको टोस्ट मास्टर्स इन्टरनेसनल हाल विश्वका एक सय ४९ राष्ट्रमा फैलिएको छ । नेपालमा भने सन् १९९१ मा सुरु भएको हो । कार्यक्रममा डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अंकुर यादवले भन्नुभयो, ‘एक कुशल नेताले संगठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नुपर्छ । हरेक वर्ष हामीले नयाँँ प्रेरणाका साथ काम गर्नुपर्छ । यस वर्ष केही नयाँ सिक्दै आफूमा सकारात्मक परिवर्तन ल्याउँदै र आफूलाई सुधार्दै अघि बढ्नुपर्छ ।’

पूर्व डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम रञ्जित आचार्यले भन्नुभयो, ‘नेता हुनु भनेको सबैभन्दा उत्कृष्ट हुनु होइन कि हिजोको आफूभन्दा आजको आफू सुधारिनु हो र तपाईंको प्रतिस्पर्धा अरू कोही नभएर तपाईंको विगत हो । यसमा सफल हुन तपाईंमा जिम्मेवारीबोध हुनुपर्‍यो, चनाखो हुनुपर्‍यो, सधैं केही न केही गरिरहनुपर्‍यो र आफूले जे गरेको छ, त्यसमा रमाउन सक्नुपर्‍यो ।’ डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथा कार्यक्रमका अध्यक्ष डिटिएम सुमन शाक्यले भन्नुभयो, ‘हामी टोस्ट मास्टर्सहरूले एक कुशल नेतृत्वका रूपमा नयाँ-नयाँ चुनौती सामना गर्न सिक्नुपर्छ र यसको मन्त्र भनेको राइज रि बिल्ड र रि भाइभ हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?