काठमाडौं । शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा ल्याएको छ । रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधाका साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टासम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधा रहेको कम्पनीको दाबी छ ।
रेडमी बडस् सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजको विस्तृत क्याटेगोरीसाथ औद्योगिक बेन्चमार्क पार गरेको छ । त्यसैगरी हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट ‘बडस् फर फन’ लन्च गरेको छ ।’
रेड्मीको बडस् ३ लाइटको तौल ३५ ग्रामभन्दा कम रहेको छ भने स्पष्ट इन–कल अडियो अनुभवका लागि रेड्मीको बडस् ३ लाइट ब्लुटुथ ५.२ का साथ उपलब्ध रहेको छ । यसको मूल्य तीन हजार तीन सय ९९ रुपैयाँ रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका