चन्दलाई आइसिसी अवार्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ । इंग्ल्यान्डको बर्मिङ्गमतर्फ जारी आइसिसीको वार्षिक साधारणसभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेबापत उक्त अवार्ड दिएको हो । नेपालका तर्फबाट क्यान अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल आइसिसीको वार्षिक साधारणसभामा पुग्नुभएको थियो ।

आइसिसीले आफ्ना सदस्य १०७ देशबाट १८ जनालाई लामो सेवा गरेबापत यो सम्मान प्रदान गरेको हो । चन्दले लामो समयदेखि क्यानमा विभिन्न पदमा रहेर काम गर्नुभएको छ । चन्द २०७२ मा क्यानको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यस्तै साधारणसभामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले तीन राष्ट्रलाई सदस्यता प्रदान गरेको छ । आइसिसीको नयाँ सदस्यमा दुई राष्ट्र एसियाका र एक अफ्रिकाका रहेका छन् । एसियाबाट कम्बोडिया र उज्वेकिस्तान तथा अफ्रिकाबाट आइभरिकोस्ट रहेका छन् ।

तीनै राष्ट्रलाई एसोसियट सदस्यता दिइएको हो । यससँगै आइसिसीसँग अब १०८ सदस्य राष्ट्र भएका छन् । जसमा १२ पूर्ण सदस्य र ९६ एसोसिएट सदस्य रहेका छन् । यससँगै एसियामा आइसिसी सदस्य राष्ट्रको संख्या २५ तथा अफ्रिकामा २१ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?