सुनसरी पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका-६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो ।

पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको भारतीय नम्बरको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो ।

जिपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?