वेष्ट इन्डिजविरुद्ध भारतको क्लिन स्विप

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई तेस्रो खेलमा समेत पराजित गर्दै भ्रमण टोली भारतले तीन एकदिवसीय खेलको श्रृंखलामा क्लिन स्विप गरेको छ ।

बुधबार राति भएको खेलमा वेष्ट इन्डिजलाई वर्षाका कारण खेल हुन नसकेपछि लुइस डकवर्थ पद्धतीमा ११९ रनले हराउँदै भारतले तीन एक दिवसीय खेलको शृंखला ३० ले क्लिनस्विप गरेको हो ।

वर्षाका कारण खेल ३६ ओभरमा घटाइएको थियो । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ३६ ओभरमा तीन विकेट क्षतीमा २२५ रनको योगफल तयार पार्‍यो । भारतका ओपनर सुभमन गिलले अविजित ९८ रन जोडे । यस्तै, शिखर धवनले ५८ र श्रेयसले ४४ रन जोडे ।

तर, वेस्ट इन्डिजले ब्याटिङ सुरु गर्न अघि पुनः वर्षाले खेल प्रभावित भएको थियो । जसका कारण वेस्ट इन्डिजले २६ ओभरमा २५७ रनको लक्ष्य पायो । वेस्ट इन्डिज २६ ओभरमा मात्र १३७ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि ब्रान्डोन किंग र निकोलास पुरनले समान ४२ रन जोडे ।

भारतका युजबेन्दर चाहलले ४ तथा श्रदुल ठाकुर र मोहम्मद सिराजले समान दुई विकेट लिएका थिए । अघिल्ला दुई खेलमा भारतले क्रमशः २ विकेट र ३ रनको जित हात पारेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?