एमालेसँग गठबन्धन हुँदैन, कांग्रेसको विकल्प छैन : प्रचण्ड

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताउनु भएको छ ।

कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताउनु भएको हो ।

एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उहाँले बताउनु भयो । कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरुलाई प्रचण्डले आग्रह समेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?