नागरिकता विधेयकलाई साम्प्रदायिक रुप दिएर राजनीति नगर्न बिमलेन्द्र निधिको आग्रह

Read Time = 4 mins

सर्लाही । नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् प्रभावशाली नेता बिमलेन्द्र निधिले प्रतिनिधि सभाबाट बहुमतले पास भएको नागरिकता विधेयकलाई साम्प्रदायिक रुप दिएर राजनीतिक नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन सर्लाही शाखाले हरिवनमा आयोजना गरेको पत्रकार सम्मलेनमा उहाँले केही दलले जहिले पनि नागरिकताको कुरा आयो कि राष्ट्रियताको कुरा उठाएर साम्प्रदायिक रुप दिने गरेको भन्दै आक्रोश पोख्नुभयो।

उहाँले भन्नुभयो , ‘म साफ भन्न चाहन्छु ,कसैको चित्त दुखोसकी नदुखोस् । अहिले जुन सरकारले नागरिकता विधेयक प्रस्तुत गरेको छ, त्यो पारित हुनुपर्छ । जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले वर्षौदेखि नागरिकता पाइराखेको छैन। त्यो पाउनु पर्छ ।
यसको बिरोध गर्नु साम्प्रदायिक मानसिकता मात्र हो।’
श्रद्धाञ्जली सभामा सहभागिक हुनु अघि आयोजना गरेको पत्रकार सम्मलेनमा नेता निधिले नागरिकता विधेयक बहुमतले दुबै सदनबाट पास गर्नु पर्ने बताउनु भयाे ।

नेता निधि काँग्रेस नेता धीरेन्द्र श्रेष्ठको श्रद्धाञ्जली सभामा सहभागि हुन बिहीवार सर्लाही आउनु भएको हो ।

‘प्रतिनिधि सभाले नागरिकता विधेयक बहुमतले पास गरेको छ । सम्भवतः राष्ट्रिय सभाले पनि बहुमतले पारित गर्ने नै छ ।’ उहाँले भन्नुभयो, बुधवार मात्रै गृहमन्त्री बालकृष्ण खाँणसंग यस विषयमा कुरा भएको बताउँदे उहाँले भन्नुभयो,  उहाँले पूरानो विधेयक फिर्ता लिएर नयाँ विधेयक प्रस्तुत गर्नु भएको छ । जुन स्वागत योग्छ । राम्रो छ । उहाँलाई मैले धन्यवाद समेत दिए ।’

वैवाहिक अंगिकृतको सवालमा संविधानमा पहिलेदेखि जे व्यवस्था छ, त्यही अनुसार हुनुपर्ने बताउँदै उहाँले त्यो संशोधन गर्न जरुरी नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, 'त्यसमा कुनै म्याद वा सर्त पनि राख्नु हुदैंन । कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीको पालादेखिको संविधानदेखि लिएर आज सम्मको संविधानमा जे व्यवस्था छ, त्यही अनुसार वैवाहिक अंगिकृत नागरिकताको कुरालाई यथावत राख्नु पर्छ, उहाँले भन्नुभयो ।

एक हातमा सिन्दुर र एक हातमा नागरिकता दिनु भनेको मुर्खता हो । अपरिपक्वता हो । अज्ञनता र साम्प्रदायिकता हो । यस विषयमा पनि बहस गर्न आफू तयार समेत रहेको निधिले बताउनु भयो ।

फरक प्रसंगमा निधिले अगामी मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने बताउनु भयो । चुनावमा अहिलेको गठबन्ध कायम नै रहने बताउँदै निधिले, 'बरु थप एक दुई वटा दल सहभागी हुन सक्छ,' भन्नुभयो।

यस विषयमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सबै दलसंग निरन्तर सम्वादमा रहेको जानकारी दिँदै उहाँले स्थानीय तहको चुनावमा जसरी काँग्रेसले बहुमत ल्याएको छ, त्यसरी नै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा बहुमत ल्याउने दाबी समेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?