नालाको फोहोर पानीले अस्पताल नै रोगी

Read Time = 5 mins

-संजीवकुमार मिश्रा
बारा । काेही पनि मानिस हतपत्ती नालाको फोहोर पानी तरेर काही जान आउन मान्दैनन् । बाध्यता नभए त्यो बाटो समेत हिड्न रुचाउँदैनन् ।
खुला नाला देख्ने वित्तिकै हामी नाक थुन्छौँ । थुक फाल्छौँ। कति फोहोर छ भनेर नाकी भौँ टेढो पार्छौ तर त्यही नालाको पानीले अहिले भेटेरिनरी अस्पताल नै रोगी बनेको छ । नालाको पानी दिनहु“ तरेर कलैया उपमहानगरपालिका ६ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी मात्र होइन सेवाग्राहीहरु समेत आवत जावत गर्न बाध्य भएका छन् ।
कलैया अस्पताल सँगै टाँसिएर रहेको भेटेरिनरी अस्पतालको अवस्था दिनानुद्दिन दयनिय बन्दै गएको भेटेरिनरी अस्पतालमा कार्यरत डा. रामाशंकर शर्माले बताउनुभयो ।

पानी परेको बेला मात्र होइन वर्षै भरि यो अस्पतालमा आवत जावत गर्नेहरुको लागि समस्या छ । नाला खनेर फराकिलो बनाइयो, उहाँले भन्नुभयो, ‘तर नत अहिलेसम्म नाला निर्माण गरिएको छ नत स्लयाब नै हालिएको छ । यस्तो अवस्थामा मानिसहरु जेनतेन सेवा लिन आई पुग्छन तर पशुहरु ल्याउन लैजान समस्या रहेको छ । सानो स्ल्याब हालिएको छ त्यो पनि हिलोमा डुबेको छ । अलिकति यताउति खुट्टा परे खुट्टा नै भाचिने अवस्था आउन सक्छ । हामी जेनतेन गरि यस्तो परिस्थितिमा पनि क्वाटरमा बसिरहेका छौ । वर्षातको पानी मात्र भए केही थिएन । अलिकति पानी पर्ने वितिकै नालाको पानी कार्यालय परिसरमा पस्छ । कार्यालय परिसरमा पसेको पानीको दुर्गन्धले अस्पतालको वातावरण नै दुर्गन्धित बनाउने गरेको उहाँले जानकारी दिनुभयो ।’

नालाको पानीले कर्मचारीहरुलाई पनि काम गर्न गाह्रो छ । गाडीमा पशुहरु लिएर आउँदा नालामा गाली नै धसिने गरेको छ, काम गर्न आउने बेलामा कर्मचारीहरु समेत परिसरमा जमेको नालाको पानीमा चिप्लिएर लडने गरेको शर्माले बताउनुभयो ।

नालाको समस्या समाधान गर्नका लागि पटक पटक कलैया उपमहानगरपालिकालाई जानकारी गराउँदा समेत नालाको सरसफाई मात्र गरिएको डा. शर्माले बताउनुभयो । आफूहरुले कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई नालामा हयुम पाईप हालेर आवत जावत गर्न सजिलो हुने गरी नालाको व्यवस्थापन गर्न माँग गरेको उहाँले बताउनुभयो । कलैया उपमहानगरपालिकाका मेयर साहले आवश्वासन मात्र दिने गरेको र अहिलेसम्म नालाको समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले आफू कहाँ नाला जाम भएर समस्या हुने गरेको बारेमा कुनै गुनासो नआएको बताउनुभयो । विहिवार पानी पर्दा मात्र आफू कहाँ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नजिक पानी जमेको सूचना पाएको र सूचना पाउने वितिकै आफू स्थलगत निरीक्षण गरेको जानकारी दिनुभयो । भेटेरिनरी अस्पताल भन्दा केही पर पावर हाउस नेर नाला जाम भएर पानी जमेको र त्यसलाई सफा गर्न आफूले निर्देशन दिएको र शुक्रवारसम्म नाला सफा हुने उहाँले बताउनुभयो ।

फोटो : कलैया उपमहानगरपालिका ६ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भित्र जमेको नालाको पानी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?