काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले प्रतिवेदन तयार गरको छ। सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो।
समितिले प्रतिवेदन लेखन कार्य टुंग्याएको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले बताउनु भयो ।
उहाँले केही विषयमा समितिभित्र सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो ।
त्यस्तै समितिका एक सदस्यका अनुसार प्रतिवेदन अन्तिम टुंगोमा पुगेको र सबैका आफ्ना–आफ्ना विचारहरु राखिएको भन्दै सर्वसम्मत हुन नसकेको बताए।
करका दर हेरफेरका विषयमा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानविन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो।
सुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो। समितिको म्याद आज सकिएको छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका