जर्मनी महिला युरोको फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । जर्मनी महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई दुई–एकले पराजित गर्दै जर्मनी नवौँपटक फाइनलमा प्रवेश गरेको हो । जर्मनीको जितमा एलेसान्द्रा पोपले दुवै गोल गर्नुभयो । फ्रान्सले उपहार गोल पाएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ४०औँ मिनेटमा एलेसान्द्रा पोपको गोलबाट जर्मनीले सुरुवाती अग्रता लिएको थियो । ४४औँ मिनेटमा मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि खेल एक-एक गोलको बराबरीको स्थितिमा पुगेको थियो । ७६औँ मिनेटमा एलेसान्द्रा पोपले सेभेन्जा हथकै पासमा दोस्रो गोल गर्नुभएको थियो ।

१२औँ संस्करण जारी रहँदा जर्मनी नवौँपटक फाइनलमा प्रवेश गर्न सफल भएको हो । जर्मनी फाइनल प्रवेश गरेको आठैपटक च्याम्पियन टोली हो । जर्मनी १९८९, ९१, ९५, ९७, ०१, ०५, ०९ र १३ को च्याम्पियन हो ।

अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । फाइनल साउन १५ गते राती हुनेछ । यसअघि इंग्ल्यान्डले स्विडेनलाई ४-० ले पराजित गर्दै महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।
यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौँ संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्विडेनसँग टाइब्रेकरमा चार–तीनले तथा २००९ मा जर्मनीसँग ६-२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो । एजेन्सी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?