इराकको संसद भवनमा प्रदर्शनकारी प्रवेश

Read Time = 1 min

बग्दाद । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका छन् । प्रहरीले संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो ।

प्रहरीले केही बेर प्रदर्शनकारीलाई रोके पनि अन्ततः उनीहरू संसद भवन प्रवेश गरे । प्रदर्शनकारीहरू प्रवेश गर्दा संसद भवनमा सांसदहरू थिएनन् । संसद भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलमा सुतेका दृश्यहरू देखिएका छन् ।

धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरूले विरोधमा प्रदर्शन गरिरहेका छन् । गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । विगत नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको छ ।

राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनमा बहुमत पाए पनि नयाँ सरकार गठन हुन सकेको छैन । सन् २०१६ मा पनि इराकको संसद भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?