नेपाल सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मान

Read Time = 2 mins

काठमाडौं । नेपाल सांस्कृतिक संघले सातै प्रदेशका स्रष्टालाई सम्मान गरेको छ । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गर्नुभयो ।

कांग्रेसको शुभेच्छुक भ्रातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टालाई सम्मान गरेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्टालाई सम्मान गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशबाट सुरत रावत (डोटेली कान्छा), कर्णाली प्रदेशबाट पूर्ण आचार्य, लुम्बिनी प्रदेशबाट डिल्लीनारायण पाण्डे, गण्डकी प्रदेशबाट चोलेन्द्र पौडेल, मधेस प्रदेशबाट जीवनाथ चौधरी, बागमती प्रदेशबाट राजेन्द्र खत्रीलगायत स्रष्टालाई सम्मान गरिएको हो । स्रष्टा सम्मान कार्यक्रमको सभापतित्वमा नेपाल सांस्कृतिक संघका सभापति थापाले गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल सांस्कृतिक संघलाई सांस्कृतिक महासंघ बनाउने बताउँदै कलाकर्मीलाई राज्यको उचित स्थानमा समेत अवसर प्रदान गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन महामन्त्री शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?