अभिनेत्री मिरुनाविरुद्ध बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता

Read Time = 2 mins

काठमाडौं । सुपरहिट चलचित्र ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरविरुद्ध बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुनासँगै चलचित्र प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गर्नुभएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको मागिएको छ । माफी माग्ने सवालमा पटक-पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्वाले उजुरीमा उल्लेख गर्नुभएको छ । यतिबेला अभिनेत्री मिरुना भने लण्डनमा हुुनुहुन्छ ।

चलचित्र प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारबाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा ‘कबड्डी ४’ चलचित्रको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हान्नुभएको थियो । यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय चलचित्रविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । चलचित्र र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो । सहमति भएको एक सातामै मिरुना र फुर्वा दुवै पुनः विवादमा उत्रिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?