काठमाडौं । नृत्य निर्देशक कृष्ण रसाललाई सम्मान गरिएको छ । उहाँलाई नेपाल लोक सांस्कृतिक प्रतिष्ठानको १५औं वार्षिकोत्सवमा सम्मान गरिएको हो । रसाललाई प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मान पत्र अर्पण गर्नुभएको थियो । नेपाल लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न विधमा क्रियाशील अन्य १५ जनालाई कदर तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रथमउपराष्ट्रपति झाले सम्मानित स्रष्टा कलाकार एवं पत्रकारालई हार्दिक बधाई ज्ञापन गर्दै कलासंस्कृतिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा कलासंस्कृतिमा लागेका सम्पूर्ण कलाकारलाई अझै सरकारले ऊर्जावान बनाउन विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट महासचिव नृपध्वज खत्रीले स्वागत मन्तव्यद्वारा उपस्थिति अतिथिलाई स्वागत गर्नुभएको थियो भने लिम्बू समयदाय र तामाङ समुदायको नृत्यबाट अतिथिलाई सांस्कृतिक स्वागत गरिएको थियो । त्यसैगरी कार्यक्रममा भैरवकाली नृत्य, लाखे नृत्य, हुड्केली नृत्य, कौडा नृत्य, चण्डी नृत्य प्रस्तुत गरिएको थियो भने गायक शिशिर योगी, गायिका सुनितामी परियार लगायतले गीत प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच