निताको ‘भाग्य मेरो’ पछि ‘यादहरू’

Read Time = 3 mins

काठमाडौं । गायिका निता आचार्यले हालै ‘यादहरू’ गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । यसअघि ‘भाग्य मेरो’ गीत ल्याउनुभएकी उहाँको यो दोस्रो गीत हो । पोखरामा जन्मिनुभएकी निता विदेशी भूमिमा रहेर नेपाली कला संस्कृति र गीतसंगीतलाई अत्यन्तै माया गर्दै यही क्षेत्रमा समर्पित भएर लागि पर्नुभएको छ ।

सानै उमेरदेखि गायनमा रुचि राख्नु भएकी निता अमेरिकामा बस्दै आउनुभएको छ । स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गीत गाएर साथीहरूलाई सुनाएपछि उहाँको प्रतिभा बाहिर आयो र विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन र गाउन थाल्नुभयो । गायन सिक्ने र एउटा राम्रो गायिका बनेर आफूलाई चिनाउने इच्छा राख्नु हुने निता विविध परिस्थितिले कक्षा दश अर्थात् एस.एल.सी. पूरा गर्न साथै अमेरिका जानुपर्‍यो । तर, जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै अमेरिका गएर पनि नेपाली संघसंस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा गीत गाउन थाल्नुभयो ।

उहाँले अमेरिकामै रहेर एकजना भारतीय गुरुसँग शास्त्रीय संगीत सिक्ने अवसर पनि पाउनुभयो र आफ्नो गायन कौशललाई अझै निखार्ने अवसर प्राप्त गर्नुभयो । शास्त्रीय संगीतमा पोख्त हुने इच्छा राख्ने निताको पछिल्लो गीत ‘यादहरू’लाई आफ्नै अफिसियल च्यानल ‘निता आचार्य’ मार्फत सार्वजनिक गर्नुभएको छ । टीकाकुमार पुनको शब्द रहेको यो गीतमा राजकुमार बगरको संगीत र कमल सौरागको म्युजिक एरेञ्ज छ ।

अञ्जान शर्माको निर्देशन रहेको यो गीतको भिडियोमा सनाम कठायत र उषा उप्रेतीको अभिनय छ । दीपक गिरीको छायांकन रहेको भिडियोमा प्रकाश एसकेको सम्पादन छ । यो गीतको भिडियोलाई हेरेर माया गरिदिने सम्पूर्ण दर्शकलाई धन्यवाद दिँदै आफूलाई सल्लाह सुझाव र हौसला प्रदान गर्न गायिका निता आचार्यले सम्पूर्ण दर्शक/श्रोतासँग अनुरोध गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?