नेपाल र अमेरिकामा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

Read Time = 1 min

काठमाडौं । आगामी भदौ १० गतेबाट नेपालमा प्रदर्शन आउने भनिएको नेपाली चलचित्र ‘प्रकाश’ एकसाथ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । अमेरिकामा पाँचवटा थिएटरमा ‘प्रकाश’ रिलिज हुने निर्माण टिमले जनाएको छ ।

टेक्सासका तीनवटा शहर, ओहायो र क्यालिफोर्नियाका एक-एक शहरमा चलचित्र रिलिज हुने निर्देशक दिनेश राउतले जानकारी दिनुभयो । चलचित्र प्रदर्शनको समय र अग्रीम टिकट रिलिजको सात दिनअगाडि अनलाइनमार्फत उपलब्ध गराइने उहाँको भनाइ छ । यसबाहेक ‘प्रकाश’ अमेरिकाका ४० भन्दा बढी शहर र क्यानडाका पाँच शहरमा रिलिज हुने दिनेशको दाबी छ ।

चलचित्रका निर्माता महेन्द्र अधिकारीका अनुसार चलचित्र कम्तीमा दुई हप्ता दैनिक शो टाइम रिलिज हुनेछ । अगष्ट २७ मा जापानमा पनि चलचित्र रिलिज हुने उहाँले बताउनुभएको छ । चलचित्रको मुख्य भूमिकामा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरेलगायत कलाकार हुनहुुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?