लुम्बिनी बैंक र एमएडब्लु अटोबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटोन र चांगन ब्रान्डका व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकलाई लगानी गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सतर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारीयाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार बैंकका सबै शाखाबाट यस्तो सुविधा लिन सकिनेछ भने सवारीसाधन खरिद गर्न चाहने ग्राहकले देशभरि रहेका १३ सोरुममार्फत् खरिद गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?