सभामुखलाई प्रतिवेदन बुझाउँदै संसदीय छानबिन समिति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदन समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने छ ।

समितिले पूर्व अर्थमन्त्री शर्मासहित अर्थमन्त्रालयका अधिकारीसँग जाँचबुझ, सीसीटीभी फुटेजको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्दै संसदले छानबिन समिति गठन गरेको थियो ।

शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उहाँले असार २२ गते राजीनामा दिनुभएको थियो । सोही दिन छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक सात दिनका लागि थपिएको छ। समितिको पहिलो पटकको म्याद साउन ५ गते सकिएकोमा पुनः सात दिनका लागि थप गरिएको थियो । समितिको म्याद बिहीबारसम्म रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?