छोराले गरे बञ्चरो प्रहार गरी बुबाको हत्या

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका-५ शेरामा शुक्रबार बिहान २२ वर्षीय लोकराज जोशीले बञ्चरो प्रहार गरी बुबा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन् ।

बिहान ६ बजेतिर घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका-५ का वडाअध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिए । टाउकोमै चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीले लोकराजलाई नियन्त्रण मा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?