गृहमन्त्री खाँण र प्रचण्डबीच भेटबार्ता, निर्वाचनको मितिबारे छलफल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहनु भएको छ ।

देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराउनुभएको थियो । तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिनुभएको थियो ।

बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?