कैलालीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कैलाली । कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी-१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि चालक धनगढी-३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो ।

हमालको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?