उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ ।

पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।

उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि उडेको ६ मिनेटमै विमानलाई आकस्मिक अवतरण गराइएको थियो ।

पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?