प्रतिकात्मक तस्बिर
काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका-९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् ।
उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका