दार्चुला र सिन्धुपाल्चोकमा पहिरोका कारण सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दार्चुला र सिन्धुपाल्चोकमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका-७ धापस्थित दार्चुला गोकुलेश्वर सडक-खण्डमा वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हाे ।

प्रहरी चौकी धापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ डाक्लाङस्थित अरनिको राजमार्गमा वर्षाको कारण शुक्रबार बिहान सडक भासिन गई सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रहरी चौकी फुल्पिङकट्टीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?