दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड-१९ का नयाँ सङ्क्रमित

हिमालय टाइम्स
Read Time = 1 min

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ । तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जानकारी दिएको छ ।

नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ । यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ । यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०‍.१३ प्रतिशत रहेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?