बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-६ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत विराटनगरले २०७७ पुस २७ गते उक्त मुद्दामा उनलाई २ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि कार्की फरार रहेका थिए ।

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१२ छाताचोकस्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा उनलाई  अदालतको आदेशले कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?