थप ५७७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

सोही अवधिमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?