तत्काल समाजवादी केन्द्र बन्दैन तर, विचार मिल्ने दलसँग चुनावी मोर्चा बन्नसक्छ : प्रचण्ड

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनु भएको छ ।

उहाँले पाँचदलीय गठबन्धनमा रहेका विचार मिल्ने दलहरुबीच भने चुनावी मोर्चा बनाउन सकिने बताउनु भयो ।

पार्टीसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । त्यसरी छलफल भएको होइन, छैन ।’
प्रचण्डले यो गठबन्धन टुटेर अर्को बन्छ बन्ने भ्रमबाट मुक्त हुुन भन्दै यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?