प्रथम स्पोर्ट्स हव ओपन व्याडमिन्टनमा अञ्जना, अग्रिमा, निकिता र विष्णा सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बेलटार एकेडेमीकी अञ्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी विष्णा विष्ट स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा भएको प्रथम स्पोर्ट्स हव ओपन व्याडमिन्टन प्रतियोगिताको शीर्ष २० बाहेककाको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । अञ्जना राईले सुर्खेतकी पुष्पा शाहीलाई २१-११, २१-११ को समान अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभएको हो ।

यस्तै सेमिफाईलन प्रवेश गर्ने क्रममा अग्रिमा भण्डारीले सेनाकी प्रियांशी बमलाई २१-१६, १५-२१, २१-१९ ले पराजित गर्नुभयो । यसैगरी निकिता लामाले १६ फिदरकी रिहाना शेरचनललाई २१-११, २२-२० ले तथा बिष्णा विष्टले बेलटारकी रोजी राईलाई २०-२२, २१-१२, २१-१२ ले पराजित गर्दै सेमिमा स्थान पक्का गर्नुभएको हो ।

यस्तै शीर्ष २० बाहेकका पुरुष युगल खुलातर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समूह बुटवलका मनोज फौदार र बिवेक न्यौपानको जोडीलाई २१-१९, २१-१७ ले पराजित गर्दै सेमिमा स्थान बनाउनुभयो । यसैगरी सेमिमा स्थान बनाउने क्रममा नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१-१९, २०-२२, २१-१८ ले, सूर्यदर्शनका जुम्ल्याहा दाजुभाइ राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडीले पुलिसका हीरा राई र सूर्य दर्शनका दीपक रानालाई २१-१९, २१-१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडीलाई २१-८, २१-१५ ले पराजित गर्नुभयो ।

यु-१७ ब्वाइजतर्फ शिल्क ग्रुपका कविर केसीले बेलटार एकेडेमीका सुसन पौडेललार्ई २१-१३, २१-९ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभयो । आयोजकका सुनिल कार्कीले १६ फिदरका अभय महरालाई २१-१७, २३-२१ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा कविर संगको भेट पक्का गर्नुभयो । लाफा समूहका मनोज फौदारले रिसभ राई २१-१७, २१-१५ ले तथा सेनाका डेभिड थापा मगरले बेलटार एकेडेमीका केनिश मगरलाई २१-५, २१-१३ ले पराजित गर्दै सेमिमा स्थान बनाउनुभयो ।

पुरुष ४५ वर्षमाथिको स्पर्धामा जेष्टका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडीले जित निकाल्दै अन्तिम चारमा स्थान बनाउनुभयो । उक्त जोडीले टोखाका कान्छा नारायण महर्जन र मानकाजी श्रेष्ठको जोडीलाई २१-१७, २१-१५ ले पराजित गर्नुभयो । यस्तै चितवनका खुश गुरु र तनहुका मानबहादुर रानाको जोडीले आयोजकका सुरेनबहादुर आले र लाक्पा शेर्पालाई २१-१७८, ७-२१, २१-१९ ले, आबिएमएसका किशान छयाम्जुङ र राजेश शाक्यको जोडीले देविनगरका दिल कार्की र चन्द्र खापुङको जोडीलाई १४-२१, २२-२०, २१-१८ ले तथा पिएफसीका पूर्ण हरि होना र सञ्जय कपालीको जोडीले चन्द्रागिरिका वीरेन्द्र विष्ट र हरि खत्रीको जोडीलाई २१-१७, २१-१७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो ।

सेवानिवृत कर्मचारीहरूको प्रतिस्पर्धामा आयोजकका सुरेनबहादुर आले र इन्द्र महताको जोडी, चितवनका खुस गुरुङ र तनहुँका मानबहादुर रानको जोडी, सामाखुसीका विष्णु राना र टीका थापामगरको जोडी तथा आयोजकका सानबहादुर साम्बा र लाक्पा शेर्पाको जोडी पनि जित निकाल्दै सेमिफाइन प्रवेश गरे ।

५५ वर्षमाथिको खेलमाम वशुन्धाराका पूर्णचन्द्र जोशी र उमेश केसीको जोडी, पाँचथरका मनि कदङ्वा र गणेश सुब्बाको जोडी, बुटवलका नारायणप्रसाद घिमिरे र धादिङका विष्णुलाल श्रेष्ठको जोडी तथा पोखराका रमेश भट्टचन र कमल थापाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?