जुलेस बार्सिलोनामा अनुबन्धित

Read Time = 2 mins

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाले डिफेन्डर जुलेस कोउण्डेलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले फ्रेन्च डिफेन्डरलाई सेभियाबाट अनुबन्ध गरेको हो । बार्सिलोनाले बिहीबार जुलेस अनुबन्धका लागि सेभियासँग सहमति बनेको जनाएको छ ।

२३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गर्नुभएको छ । सेन्टर ब्याक जुलेस सन् २०१९ मा फ्रेन्च क्लब बोर्डुअक्सबाट सेभिया आउनुभएको थियो । सेभियाका लागि उनले युरोपा लिगको उपाधि जिताउनुभएको थियो । फ्रान्सका लागि उहाँले ११ खेल खेलिसक्नुभएको छ ।

यस्तै स्पेनिस क्लब भिल्ला रियलले डिफेन्डर किको फेमिनियालाई अनुबन्ध गरेको छ । भिल्लाले डिफेन्डर किकोलाई वाट्फोर्डबाट अनुबन्ध गरेको हो । स्पेनिस डिफेन्डरले भिल्लासँग ३ वर्षको सम्झौता गर्नुभएको छ । ३१ वर्षीय डिफेन्डर पाँच वर्ष वाट्फोर्डमा बिताएर स्पेनिस क्लब आउनुभएको हो । वाट्फोर्डका लागि उहाँले प्रिमियर लिगमा १ सय ७ खेल खेल्नुभएको थियो ।

स्पेनिस क्लब भ्यालेन्सियाले विंगर स्यामुएल लिनोलाई अनुबन्ध गरेको छ । भ्यालेन्सियाले एट्लेटिको मड्रिडबाट ब्राजिलियन स्यामुएललाई लोनमा अनुबन्ध गरेको हो । स्यामुएललाई एक सिजनका लागि लोनमा अनुबन्ध गरिएको एट्लेटिकाले जनाएको छ । उनी यसै समरमा पोर्चुगिज क्लब गिल भिसेन्टबाट एट्लेटिकोमा अनुबन्धित हुनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?