कराते टोली जापान प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पन्धौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै एक कार्यक्रममा बिदाइ गर्नुभयो ।

यही साउन १६ देखि २२ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला ५५ केजीमुनि अद्रिना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

टोली प्रमुखमा नेपाल सोतोकान कराते संघकाा प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकमा लीलाराज डाँगी रहेका छन् । नेपाली टोली शनिबार जापान प्रस्थान गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?