पाकिस्तानमाथि श्रीलंकाको जित

Read Time = 4 mins

कोलोम्बो । श्रीलंकाले दोस्रो टेष्ट खेलमा पाकिस्तानमाथि २४६ रनको सानदार जित हात पारेको छ । योसँगै दुई टेष्ट खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । जितको लागि ५ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम दिन २ सय ६१ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजमले १४६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ८१ रनको इनिङ खेल्नुभयो ।

ओपनर अब्दुल्लाह शफिक १६, इमाम उल हक ४९, मोहम्मद रिजवान ३७ र यासिर शाह २७ रनमा आउट हुनुभयो । श्रीलंकाका बायाँ हाते स्पिनर प्रभाथ जयसूर्याले सर्वाधिक पाँच र रमेश मेण्डिसले चार विकेट लिनुभयो । श्रीलंकाले दोस्रो इनिङमा चौथो दिन अन्तिम सेसनमा ८ विकेट गुमाउँदै ३ सय ६० रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ४७ रनको अग्रता लिँदा समग्रमा ५ सय ७ रन बनाएको थियो ।

श्रीलंकाका तल्लोक्रमका धनञ्जय डि सिल्भाले १ सय ७१ बलमा १६ चौकासहित सर्वाधिक १ सय ९ रनको शतकीय इनिङ खेल्नुभयो । रमेश मेण्डिसले ५४ बलमा ५ चौकासहित ४५ रन जोड्नुभयो । कुशल मेन्डिस १५, एञ्जिलो म्याथ्युज ३५, दिनेश चाण्डिमल २१ र कप्तान दिमुथ करुणारत्ने ६१ रनमा आउट हुनुभयो । पाकिस्तानका मोहम्मद नवाज र नसिम शाहले दुई–दुई विकेट लिनुभयो । त्यसअघि पाकिस्तान पहिलो इनिङ २ सय ३१ रनमा अल आउट भएको थियो । पाकिस्तानका सलमान अघाले १ सय २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६२ रन बनाउनुभएको थियो । ओपनर अब्दुल्ला सफिक शून्य र इमाम उल हकले ३२ रन बनाउँदै आउट हुनुभयो ।

स्पिनर प्रभात जयसूर्याले १६ रनमा बोल्ड आउट गरेपछि श्रीलंका हाबी बनेको थियो । मोहम्मद रिजवान र फवाद आलम २४–२४ रनमा आउट हुनुभयो । तल्लोक्रमका यासिर शाह २६, मोहम्मद नवाज १२ र हसन अली २१ रनमा आउट हुनुभयो । श्रीलंकाका स्पिनर रमेश मेण्डिसले सर्वाधिक पाँच विकेट लिनुभयो ।

पहिलो इनिङमा श्रीलंका टस जितेर पहिला व्याटिङ गर्दै ३ सय ७८ रनमा अल आउट भयो । श्रीलंकाका मध्यक्रमका व्याटर दिनेश चाण्डिमलले १ सय ३७ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८० रनमा आउट बनाउनुभयो । ओपनर करुणारत्ने र फर्नाण्डोले ९२ रनको साझेदारी गर्दै श्रीलंकालाई राम्रो सुरुवात दिलाउनुभयो । फर्नाण्डो ७० बलमा ४ चौका र ३ छक्कासहित ५० रनमा क्याच आउट हुनुभयो । करुणारत्ने ९० बलमा ३ चौकासहित ४० रनमा आउट हुनुभयो ।

तल्लोक्रमका निरोशन डिक्वेला ५४ बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा आउट हुनुभएको थियो । कुशल मेन्डिस ३, एञ्जिलो म्याथ्युज ४२, धनञ्जय डि सिल्भा ३३ र रमेश मेण्डिस ३५ रन जोड्नुभयो ।पाकिस्तानका यासिर शाह र नसिम शाहले समान तीन विकेट लिनुभयो । धनञ्जय डि सिल्भा खेलको प्लेयर अफ द म्याच चुनिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?