लण्डन । दक्षिण अफ्रिकाले दोस्रो टी-२० अन्तर्राष्ट्रिय (आई) खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ५८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टी-२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । जितका लागि २०८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.४ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । इंग्ल्याण्डका जोनी बेयरस्टोले २१ बलमा ४ चौकासहित सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै जस बटलर १४ बलमा १ चौका र ३ छक्कासहित २९ रन जोड्दै आउट हुनुभयो ।
जेसन रोय २०, डेविड मलान ५, मोइन अली २८, साम करन २ र लियाम लिभिङस्टोन १८ रन जोड्नुभयो । दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्शीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिनुभयो । एण्डिले फेहलुकवयोले ३ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिनुभयो । लुन्गी एनगिडीले दुई, कागिसो रबाडा र केशव महाराजले एक एक विकेट लिनुभयो ।
त्यसअघि कार्डिफमा टस हारेर पहिला व्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७ रन बनायो । दक्षिण अफ्रिकाका राइली रोसोले ५५ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ९६ रनमा अविजित रहनुभयो । रिजा हेनड्रिक्सले ३२ बलमा ३ चौका र २ छक्कासहित ५३ बनाउनुभयो । क्विन्टन डि कक १५, हेनरिक क्लासेन १९ र ट्रिस्टन स्टब्सले १५ रन जोड्नुभयो ।
इंग्ल्याण्डका मोइन अली, रिचर्ड ग्लेसन र क्रिस जोर्डनले एक एक विकेट लिनुभयो । पहिलो खेलमा इंग्ल्याण्ड ४१ रनले विजयी भएको थियो । तेस्रो तथा निर्णाक खेल आइतबार हुनेछ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका