चन्द्रमामा भेटिए मानव बस्ती बनाउन सकिने ठाउँ

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । चन्द्रमामा मानिस बस्न लायक ठाउँ फेला परेका छन् । यी यस्ता खाडलहरू हुन् जहाँ मानिस बस्नका लागि उपयुक्त तापक्रम हुन्छ । यी खाल्डाहरू नासाको लुनार रिकोनेसन्स अर्बिटर (एलआरओ) को सहयोगमा पत्ता लगाइएको हो । यी खाडलभित्रको तापक्रम १७ डिग्री सेल्सियस हुन्छ । यो त्यस्तो तापक्रम हो जसमा मानिस आरामसँग बस्न र काम गर्न सक्छ । अर्थात् भविष्यमा यस्ता खाल्डाभित्र मानव बस्ती स्थापना गर्न सहज हुनेछ ।

चन्द्रमामा मानव बसोबासका लागि यी खाल्डाहरू पत्ता लागेको अनुसन्धान प्रतिवेदन जियोफिजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित भएको छ । चन्द्रमाका अन्य क्षेत्रका क्रेटरहरूभन्दा यी बस्न योग्य क्रेटरहरू पूर्णतया फरक भएकोमा वैज्ञानिकहरू छक्क परेका छन् । चन्द्रमाको दिन दुई हप्ता लामो हुन्छ । यहाँको तापक्रम यति धेरै हुनसक्छ कि पृथ्वीमा पानी उम्लिन्छ । यस्तो अवस्थामा यी खाडलहरूमा बस्ने अवस्था हुनु राम्रो खबर मानिन्छ ।

चन्द्रमामा बस्न लायक यी खाल्डाहरू मेयर ट्रांक्वेलिटेटिस अर्थान सी अफ ट्रांक्विलिटीमा भेटिएका छन् । यी खाडल ३२८ फिट गहिरा छन् । यी क्रेटरहरूको तापक्रम चन्द्रमाको बाँकी सतहबाट थोरै मात्र परिवर्तन हुन्छ । नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरको एलआरओ परियोजनाकी वैज्ञानिक नोआ पेट्रोले चन्द्रमाको खाडल निकै अचम्मलाग्दो रहेको बताउनुभयो । यदि तिनीहरूको तापक्रम स्थिर रहृयो भने यहाँ मानव कोलोनी बन्न सक्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?