तरकारी बोकेको ट्रकबाट ६ बोरा गाँजा बरामद

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । संखुवासभाबाट तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ ।

बन्दागोभी बोकेको प्र १-०२-००१ ख नम्बरको मिनी ट्रकलाई प्रहरीले शनिवार बिहान जोगवनी ढाटमा रोकेर चेक जाँच गर्दा बन्दागोभीको बोरामुनि लुकाएर राखेको अवस्थामा ६ बोरा गाँजा ९१५६० केजी बरामद भएको हो ।

ट्रक चालक धनकुटा सहिदभूमी गाउँपालिका-३ छिन्ताङका विवेक राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा राखिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?