स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जिप दुर्घटना : एक जनाको मृत्यु, ९ जना गम्भीर

Read Time = 1 min

प्यूठान । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका-३ की ३२ वर्षीया गुडिया ठाकुर रहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार जिपमा १७ यात्रु सवार थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?