थप ४३८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

सक्रिय संक्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् ।
कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?