राजविराज । सप्तरीमा एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै जिल्लामा विभिन्न अपराधका ८ सय ३० घटना दर्ता भएको नाएको छ ।
जिल्लामा अभद्र व्यवहारका सर्वाधिक १ सय ६२ मुद्दा ,भवितव्य ज्यानका १ सय ७ र लागूऔषधका १ सय ५ वटा मुद्दा दर्ता भएको उल्लेख छ ।
यस्तै ज्यान मार्ने उद्योगका ३८, सवारी ज्यानका ६९, चोरीका ५१, कर्तव्य ज्यानका १४ र जबरजस्ती करणीका २५ वटा घटना प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा यसरी दर्ता भएका घटना मध्येका फरार अपराधीको संख्या भने ४ सय १७ रहेको प्रहरीद्वारा उपलब्ध गराइएको वार्षिक प्रतिवेदनले देखाएको छ । फरार रहेकाहरूको खोजी कार्य तीब्र बनाइएको उल्लेख छ ।
यसैगरी फरार अभियुक्तमाथि कडा निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको सप्तरी प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा ४ सय ४ जना फरार अभियुक्तलाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
ठूल्ठूला अपराध गरेर भाग्ने र लुकिछिपी बसेको अवस्थामा नेपाल प्रहरीले सुराकी र अनुसन्धानको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको उल्लेख छ । विगतमा ठूल्ठूला अपराध गरि विभिन्न ठाउँमा लुकेर बसेको अभियुक्त माथि प्रहरीले अपरेशन बढाएको प्रतिवेदनमा उल्लेख छ ।
फरार अभियुक्त पक्राउ गरि फैसला कार्यान्वयन गर्दा प्रहरीले राजश्व समेत बढेको साथै आर्थिक वर्ष २०७८/७९ मा फरार अभियुक्तको जरिवानाबाट १० लाख ८९ हजार १ सय २६ रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै उनीहरूबाट १ सय ३ वर्ष ८ महिना २६ दिन कैद सजाय असुल भएको प्रतिवेदनले देखाएको छ ।
यस अवधीमा लागू औषध मुद्दामा १ सय ४१ जना पक्राउ परेका छन् । यसले लागू औषधका दुर्व्यसनी र कारोबारीको सङ्ख्यामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
यसैगरी सोही अवधीमा एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरि श्रोत नखुलेको १७ लाख १८ हजार रुपैयाँ जफत गरि भन्सार कार्यालयमा बुझाइएको तथ्याङ्कमा उल्लेख छ ।
भन्सार छली अवैध रुपमा भित्राइएको २ करोड ७१ लाख ३४ हजार ८९ रुँपैया को विभिन्न अवैध मालसामान सहित ४० जना कारोबारीलाई पक्राउ गरि भन्सार कार्यालयमा बुझाइएको तथ्याङ्कले देखाएको छ ।
जनशक्तिको अभावको बाबजुद शान्तिसुरक्षाका लागि भएको स्रोतसाधनको उच्चतम् परिचालन गरि अपराध नियन्त्रणमा खटेको उल्लेख गर्दै वार्षिक प्रतिवेदनमा अपराध मुक्त र सुरक्षित समाज निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा महिला हिंसा सम्बन्धी १४, लागूऔषध सम्बन्धी २४, लैङ्गिक हिंसा सम्बन्धी २२, सरसफाइ सम्बन्धी ४४, कोरोना विरुद्धको ६५, जातीय छुवाछुत विरुद्धका एक, ट्राफिक नियम पालनाका १५ र साइबर क्राइमका २ लगायतका गरि ६ सय २५ वटा सचेतना कार्यक्रम गरिएको र यसबाट ४ लाख ३३ हजार १ सय ४२ जना लाभान्वित भएको वार्षिक प्रतिवेदनमार्फत जनाइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका