पेरिस । फ्रान्सका १८ वर्षीय गुस्ताव म्याकिओनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक हान्दै दुर्लभ विश्व कीर्तिमान बनाउनुभएको छ । फिनल्यान्डमा जारी आइसिसी विश्वकप सब रिजनल युरोप क्षेत्र छनोट ‘बी’ मा गुस्तावले स्विट्जरल्यान्ड र नर्वेविरुद्ध टी-२० अन्तर्राष्ट्रियमा लगातार शतक प्रहार गर्दै कीर्तिमान बनाउनुभएको हो । उहाँ यो फम्यार्टमा लगातार दुई शतक हान्ने पहिलो खेलाडीसमेत बन्नुभएको छ ।
उहाँ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडीसमेत हुनुहुन्छ । उहाँले स्विट्जरल्यान्डविरुद्धको पहिलो खेलमा ६१ बलमा पाँच चौका र नौ छक्कासहित १०९ रनको शतकीय पारी खेल्नुभएको थियो ।
यस्तै, उहाँले नर्वेविरुद्ध १०१ रनको शतकीय इनिङ खेल्दै टी-२० आइमा लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडीको कीर्तिमान रच्नुभएको थियो ।
गुस्ताव १८ वर्ष २८० दिनमा शतक हान्दै टी-२० आइका कान्छा शतकधारीसमेत बन्नुभएको हो । उहाँअघि अफगानिस्तानका हज्रतुल्लाह जजाईले २० वर्ष ३३७ दिनमा शतक प्रहार गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच