महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार महिला साफको समूह विभाजन सार्वजनिक गरेको हो ।

साफले सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेका छन् । यस्तै, समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।

विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । साफका लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाउनुभएको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा गोलकिपर, एन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन हुनुहुन्छ ।

डिफेन्डरमा अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी राना मगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गंगा गुरुङ, मोनिका कुश्वार, सबिना चौधरी, रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे, मोनिका पुलामी मगर हुनुहुन्छ ।

मिडफिल्डरमा सुनकला राई, रेणुका नगरकोटे, दिलकुमारी राना मगर, पूर्णिमा हमाल, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जलीकुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का, सञ्जु कुमाल हुनुहुन्छ ।

यस्तै फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता राना मगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलन हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?