साफ यू-१७ च्याम्पियनसिपमा नेपाल ‘बी’ समूहमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यू-१७ साफको समूह विभाजन सार्वजनिक गरेको हो । नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । नेपालले यू-१७ साफका लागि खेलाडी छनोट गरिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्तसमेत गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?