कुलदिप भारतीय क्लबमा अनुबन्ध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली डिफेन्डर कुलदिप कार्की भारतीय क्लब रेल्वे एफसीमा अनुबन्धित हुनुभएको छ । रेल्वेले सामाजिक सञ्जालबाट कुलदिपलाई अनुबन्ध गरिएको जनाएको छ ।

रेल्वेले कुलदिपलाई एक सिजनका लागि अनुबन्ध गरेको हो । कुलदिपले रेल्वेबाट कलकता फुटबल लिग खेल्नुहुनेछ । कुलदिपले गत सिजन जावलाखेल युथ क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्नुभएको थियो । उहाँ जावलाखेलको कप्तानसमेत हुनुहुन्छ ।
यस्तै, पहिलो संस्करणको नेपाल सुपर लिगमा उहाँले चितवन एफसीको प्रतिनिधित्व गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?