४८ इन्जिनियरको बिदाइ

Read Time = 3 mins

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुरले ४८ जना इन्जिनियरलाई बिदाइ गरेको छ । कलेजमा सिभिल एन्ड रुरलको पढाइ पूरा गरेका उनीहरूलाई शनिबार राजधानीमा एक कार्यक्रमबीच बिदाइ गरिएको हो । सो अवसरमा नेपाल इन्जिनियरिङ काउन्सिलका बोर्ड सदस्य होमनाथ पोखरेलले काउन्सिलले इन्जिनियरिङ क्षेत्रको गिर्दाे शाख जोगाउने काम थालेको बताउनुभयो । त्यसका लागि मेडिकलमा जस्तै इन्जिनियरलाई पनि काउन्सिल परीक्षा लिने र परीक्षा पास गरेकालाई मात्रै लाइसेन्स दिएर काम गर्न लगाउने योजना रहेको जानकारी गराउनुभयो । जसबाट इन्जिनियरिङ क्षेत्रमा राम्रा विद्यार्थीमात्रै रहने भएकाले इन्जिनियरिङ क्षेत्रको शाख बढ्ने उहाँको भनाइ छ । पोखरेलले जाँच आगामी एक महिनाभित्रै हुने बताउनुभयो । पोखरेलका अनुसार वार्षिक अहिले करिब आठ हजार नयाँं इन्जिनियर उत्पादन हुने गरेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले कलेजबाट पासआउट भएका विद्यार्थी कलेजको ब्रान्ड एम्बेसडर हुने बताउनुभयो । उहाँले पासआउट इन्जिनियरलाई भन्नुभयो, ‘इन्जिनियरिङ पास हुनु भनेको पहिलो खुड्किलो पार गर्नु हो, अब पनि तपार्इंहरूले नियमितरूपमा अर्काे खुड्किलो पार गर्दै जानुपर्छ ।’

कार्यक्रममा कलेजका एकेडेमिक को-अर्डिनेटर एसोसिएट प्रोफेसर बाबुराम भट्टराई, विद्यार्थी कल्याण शाखाका प्रमुख एसोसिएट प्रोफेसर सचिन श्रेष्ठ, प्रोफेसर गणेश अधिकारी, कलेजको सिभिल एन्ड रुरल डिपार्टमेन्टका प्रमुख सुनिल श्रेष्ठलगायतले कलेजमा सिकेको ज्ञानलाई कार्यक्षेत्रमा सदुपयोग गर्न निर्देशन दिनुभयो । विद्यार्थीका तर्फबाट आदित्य थापा र निरज ढुंगानाले कलेज अध्ययनको साढे चार वर्षको अनुभव सुनाउनुभएको थियो । सो अवसरमा मेकानिकल अवार्ड र सब्जेक्ट अवार्ड पनि वितरण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?