काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयविक्रम शाहलाई पुनः नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले उहाँलाई पुनः नियुक्तिको निर्णय गरेको हो ।
शाह यसअघि २०७६ कात्तिकमा बैंकको सिइओमा नियुक्त हुनुभएको थियो । सिइओ सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले नियुक्त गरेको थियो ।
बैंकले शाहलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । तीन दशक लामो बैंकिङ अनुभवी शाहले करियरको सुरुवात स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका