‘मेरो बिमा’ को सुरुवात

Read Time = 2 mins

काठमाडौं । नेपालको इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’ सञ्चालनमा आएको छ । काठमाडौंमा आयोजित मेरो बिमा प्रिजेन्ट्स फ्च्यिुरिस्टिक बैंकिङ एन्ड इन्स्योरेन्स समिट २०२२ कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मेरो बिमाको उद्घाटन गर्नुभएको हो । मेरो बिमा वेबसाइटबाट हेर्न सकिन्छ ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल राष्ट्र बैंकका वरिष्ठ डिपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, कार्यक्रमका अध्यक्ष डा. विष्णुप्रसाद गौतम, पूर्वबिमाकर्मी तथा मेरो बिमाका संस्थापक कोषराज सुवेदीलगायतले डिजिटल बिमाबारे चर्चा गर्नुभएको थियो । सो अवसरमा डा. अमिताभ राजन अध्यक्ष आरबिआइ इन्डिया सेवा समिति, मेगा बैंकका निर्देशक तथा लगानी बोर्ड नेपालका सदस्य बालकृष्ण सिवाकोटी, मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदनकुमार आचार्यको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?