चिसाङ शेर्पा/हिटा
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले चिया खेतीको सुरुवात गरेको छ । स्थानीय किसानलाई चिया खेतीमा आकर्षण बढाउने उद्देश्यले अभियानकै रूपमा गाउँपालिकाले चिया खेती हुने भूगोलमा चिया खेतीको सुरुवात गरेको हो । गत बुधबारदेखि केपिलासगढी गाउँपालिका–१ फेदीबाट चियाको बिरुवा रोप्न सुरु गरिएको छ । त्यस वडाभरि कृषकको समूह बनाएर ३० हजार चियाको बिरुवा दिएको र उनीहरूले अहिले धमाधम चिया रोपिरहेको गाउँपालिकाले जनाएको छ । चियाका ३० हजार बिरुवामध्ये गाउँपालिकाले बुईपाबाट २५ हजार विरुवा खरिद गरेको हो भने बाँकी पाँच हजार बिरुवा गाउँपालिकामै नर्सरी राखेर हुर्काइएको हो ।
प्राविधिक खर्च समुदायले व्यवस्थापन गरेपछि इलामबाट चियाको प्राविधिक झिकाई वातावरणीय परीक्षण गरेर चिया रोप्न सुरुवात गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । गाउँपालिकाका सातै वडामा जहाँ जहाँ चिया हुन्छ, सबै ठाउँमा चिया रोप्ने योजना रहेको अध्यक्ष राईले जानकारी गराउनुभयो । चिया खेतीप्रति किसान उत्साहित रहेको पनि उहाँको भनाइ छ ।
चिया खेतीका लागि गाउँपालिकाले यही वर्ष नर्सरीको तयारी गर्ने भएको छ । आगामी दुई वर्षपछि किसानले त्यही नर्सरीबाट हुर्काइएको चिया रोप्ने जनाइएको छ । यस गाउँपालिका लेकमा पर्ने भएकाले चिया खेतीको राम्रो सम्भावना रहेको छ । चिया खेतीका कारण बाँझो जमिन पनि सदुपयोग हुने अपेक्षा गरिएको छ ।
त्यस्तै केपिलासगढी गाउँपालिकाले तोरी उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने भएको छ । तोरी उत्पादन गरेर खानेतेलमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाभरि तोरी उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने भएको हो । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रमअन्तर्गत अहिले कार्यविधि बनाउने काम भइरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका